महाभियोगको मुख्य भूमिका रहेकी पेलोसीसँग ट्रम्पले हात नमिलाएपछि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीबीचको विवाद सतहमा देखिएको छ ।

संसदको दुवै सदनमा सम्बोधन गर्न संसदभवन पुगेका दुईबीचको विवाद मिडियामा सार्वजनिक रुपमै देखियो । आफूले अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले

ट्रम्पको भाषणको लिखित कपी उनको अगाडि च्यातिदिईन् । विपक्षीको बहुमत रहेको अमेरिकी तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।

यो महाभियोगमा पेलोसीको उल्लेख्य भूमिका छ । पेलोसीको भूमिकालाई लिएर रुष्ट ट्रम्पले आफ्नो असन्तुष्टि पोखेको ठानिएको छ ।

अमेरिकी दुवै सदनलाई सम्बोधन गरेका ट्रम्पले कोरोना भाइरबाट आफ्ना नागरिकलाई बचाउन सबै कदम चालेको बताएका छन्। त्यस्तै चीनलाई पनि समाधानको उपाय खोज्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here