एयर इण्डिया किन्ने तयारीमा कार निर्माता कम्पनी टाटा

फाइल तस्वीर

काठमाडौं । भारतिय कार निर्माता कम्पनी टाटा सरकारले बेच्न लागेको एयर इण्डिया किन्ने तयारीमा लागेको छ ।

टाइम्स अफ इन्डीयामा छापिएको रिर्पोट अनुसार टाटाले सिंगापुर एयरलाइन्ससंग मिलेर एयर इण्डिया किन्न लागेको हो ।

टाइम्स अफ इण्डियामा छापिएको रिर्पोट अनुसार टाटा एयर इण्डियालाई आफ्नो पक्षमा पार्ने अन्तिम तयारीमा छ । भारतिय सरकारले यसअघि एयर इण्डियाको सम्पूर्ण शेयर बिक्री गर्ने फैसला गरिसकेको थियो ।

सरकारले एयर इण्डिया किन्न इच्छुक कम्पनीहरुलाई नामावली प्रस्तुत गर्न सन् २०२० मार्च १७ तारिखसम्म अन्तीम समय दिएको छ । ३१ मार्च मा सरकारले एयर इन्डीया किन्ने कम्पनीको नाम घोषणा गर्नेछ ।

किन बेच्न खोजियो एयर इण्डिया ?

विगत लामो समयदेखि घाटामा रहेको कारण सरकारको अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पारेको भन्दै सरकारले यो कम्पनी बेच्न खोजेको हो ।

यसअघि पनि सरकारले एयर इण्डिया बेच्ने कोशिस गरेको थियो । तर, त्यो समयमा कुनैपनि कम्पनी एयर इण्डिया खरिद गर्न इच्छुक देखिएनन् ।

टाइम्स अफ इण्डियामा छापिएको रिर्पोट अनुसार एयर इण्डिया खरिदको लागि सम्बन्धीत कम्पनीले २ सय ३२ अर्ब भारतिय रुपैयाँ दिनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here