कालीमाटीमा कुन तरकारीको मूल्य कति ?

काठमाडौं, २६ माघ । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको मूल्य प्रायः घटबढ भइरहन्छ ।

एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको तुलनामा तरकारीको मूल्य स्वाट्टै घटेको पनि पाइन्छ । आखिर किन तरकारीको मूल्य घटबढ भइरहन्छ ।

भान्साको सारथि तरकारीको मूल्य बढ्दा हाम्रो भान्सा समेत महङ्गो हुने गरेको छ । दिनहुँजसो तरकारीको मूल्य घटबढ भइरेको छ ।

कालीमाटी तरकारी बजारमा आइतबार नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ ।

यस्तै भेडे खुर्सानी ९० लसुन हरियो १९० हरियो धनिया प्रतिकिलो ८० मा,लसुन सुकेको चाइनिज ६० किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ४० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, चाइनिज सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १२० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो , मेथी र चम्सुरको साग प्रतिकिलो ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसरी समग्रमा हेर्दा तरकारीको मूल्य खासै बढेको पाइँदैन । तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।

नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here