१० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले सोमबार १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ । बैंकले १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको विज्ञप्तीमा जनाएको छ । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here