एप्पललाई तीन अर्ब जरिवाना

काठमाडौं । आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलमाथि तीन अर्ब रुपैयाँ जरिवाना लगाइएको छ।

फ्रान्सको नियामकले नियतवस पूराना मोबाइलहरू ‘स्लो’ बनाएको आरोपमा २ करोड ५० लाख यूरो जरीवाना गरेको छ जरिवाना तिराइएको हो । पूराना सेटहरूमा अचानक बन्द हुने तथा ब्याट्री नटिक्ने समस्या देखिएको थियो।

धेरै प्रयोगकर्ताले भने एप्पलले प्रयोगकर्तालाई नयाँ आईफोन किन्न लगाउन पुरानो आईफोन स्लो गर्ने गरेको आशंका व्यक्त गरेका छन् ।

सन् २०१७ मा एप्पलले केही आईफोन स्लो गरेको थियो । तर, एप्पलले उक्त डिभाइसको आयु बढाउन यस्तो कदम चालेको बताएको छ । उसले यो मुद्दा सुल्झिसकेको बताएको छ ।

साथै, समस्याग्रस्त मोबाइल सेटमा निस्शुल्क ब्याट्री फेरिदिन पनि उक्त कम्पनीलाई निर्देशन दिइएको छ। आफ्नो आईफोन स्लो भएपछि प्रयोगकर्ताले यसको फरफरमेन्स सार्वजनिक गरेका थिए ।

आईफोन ६ एस पुरानो हुँदै गएपछि स्लो हुँदै गएको पाइएको थियो । तर, त्यसमा नयाँ ब्याट्रिको प्रयोग गर्दा एक्कासी पुनः ‘फास्ट’ भएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here