पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्या

ललितपुर, माघ २७ । पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्या भएको छ ।

सानेपास्थित निवासमा घरेलु कामदारको आक्रमणबाट गम्भीर घाइते मुना कार्कीको स्टार हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो। सचिव कार्कीको घरमा काम गर्दै आएका विशाल चौधरीले उनलाई आक्रमण गरेका आशंका गरिएको छ ।

कार्कीको घरमा कामदार मृत अवस्थामा फेला परेलगत्तै मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

कार्कीका एकजना छोरा र दुईजना छोरी रहेका छन् । दुवै छोरी अध्ययानका लागि विदेशमा छन्। १२ वर्षीय छोरा काठमाडौंमै अध्ययनरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here