मनाङ उपाधि होडबाट बाहिरियो, आर्मी उपाधि नजिक

काठमाडौं, २८ माघ । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ।

मंगलबार बिहान भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३- ० ले हराउँदै पहिलो पटक उपाधि नजिक पुगेको हो।

आर्मीको जितमा भारत खवासले पाँचौ मिनेटमा पहिलो गोल गरे। यस्तै ५४ मिनेटमा विकास तामाङले र ७० मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे ।

लिगको अन्तिम खेलमा आर्मीले मच्छिन्द्र क्लबको सामना गर्नेछ । मच्छिन्द्रविरुद्धको खेलमा बराबरीमा रोकेमात्र पनि आर्मी पहिलो पटक ए डिभिजन लिगमा च्याम्पियन बन्नेछ । मच्छिन्द्रलाई भने तीन अङ्क अनिवार्य छ ।

शीर्ष स्थानमा फर्किएको आर्मीले १२ खेलबाट २९ अंक जोडेको छ। दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ।

आर्मी र मच्छिन्द्र मध्ये एकले उपाधि जित्ने भएसँगै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब २ खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ। २ खेलअघि मनाङको २२ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here