नेपाल लाइफको नाफा २५ प्रतिशत बढ्यो, ८२ अर्ब ५९ करोड लगानी

काठमाडौं, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्सले ३५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको नाफा भन्दा यो २५ प्रतिशतले बढी हो ।

तर यो नाफा बीमांकीय मूल्याङ्कन अघिको भएकोले यसले ठूलो अर्थ भने राख्दैन ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा रू. १४ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ ।

हालसम्म १२ लाख ५८ हजार बीमालेख बिक्री गरेको नेपाल लाइफले ६ महिनाको अवधिमा २१ हजार ३ सय ४७ जनालाई मात्रै ३ अर्ब १९ करोडको दाबी भुक्तानी गरको छ ।

उक्त इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई प्रतिहजार ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनस दिँदै आएको छ ।

१ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here