प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, १ फागुन । छापावाल सुनको मूल्य विहिवार प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

बुधवार प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा विहिवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तजावी सुनको मूल्य पनि प्रतितोला ३०० रुपैयाँले नै बढ्यो ।

बुधवार प्रतितोला ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

विहिवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।

बुधवार प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा विहिवार ५ रुपैयाँ बढ्दै प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here