सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रहरी जवानले आफैलाई गोली ठोके

काठमाडौं, २ फागुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफ्नै पेटमा गोली हानेका छन् ।

महोत्तरी घर भई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत २४ बर्षिय प्रहरी जवान चन्द्रकिशोर रायले आफैंलाई गोली हानेका हुन् ।

प्रेमिकालाइै गरेको प्रस्ताव अस्विकार भएपछि उनले आफ्नै पेटमा गोली हानेको आशंका गरिएको छ ।

शुक्रबार बिहान रायले आफैलाई पेटमा गोली हानेका थिए । सिन्धुलीमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याईएको प्रहरीले जनाएको छ ।

श्रोतका अनुसार रायले सहकर्मी महिला प्रहरीलाई प्रेम प्रस्ताव राखेका थिए । तर प्रेम प्रस्ताव अस्वीकृत भएपछि आवेशमा आएका उनले आफैलाई गोली ठोकेको बताइएको छ ।

घाइते जवान बोल्न सक्ने अवस्थामै नरहेका कारण किन उनले आफैलाई गोली हाने भन्ने बारे खुल्न नसकेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here