पशुपति शर्माको नयाँ गीत ‘जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लुट्न सके लुट्’ भाग–२ का रुपमा ‘जता पनि चोर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा राजनीतिक तथा सामाजिक विकृती विरुद्ध व्यङ्ग्य गरिएको छ । शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् ।

भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् । पशुपतिले गत वर्ष ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत सार्वजनिक गरेका थिए ।

नेपालको राजनीतिक संस्कार र त्यसले सिर्जना गरेको अवस्थालाई तीखो व्यङ्ग्य गरेको उक्त गीतको राजनीतिक दल तथा तिनका कार्यकर्ताले चर्को विरोध गरेका थिए ।

संसद्मा समेत चर्काचर्की बहस भएपछि पशुपतिले उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here