देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र, १० अर्ब जोखिममा

काठमाडौं, ३ फागुन । देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ ।

कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ ।

यस्ता आयोजनामा ठेकेदारले पेस्की र जमानतबापत १० अर्ब समेत बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष यस्तो आयोजनाको विवरण संकलन गरेको थियो ।

अहिले उक्त विवरणलाई पुनः अपडेट गरेको छ । अपडेट अनुसार देशभर रुग्ण ठेक्काको संख्या एक हजार दुई सय दुई रहेको छ ।

यसमा राज्यले ८६ अर्ब ४४ करोड लगानी गरिसकेको छ । एक हजार एक सय ५३ वटा ठेक्का वेवारिसे अवस्थामा छन् ।

त्यस्ता आयोजनाका लागि राज्यले ४० अर्ब ३६ करोड लगानी गरिसकेको छ । गतवर्ष रुग्ण आयोजनाको सूचि एक हजार आठ सय ४८ देखिएको थियो ।

अख्तियारको तथ्यांक अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सात सय एक, शहरी विकास अन्तर्गतका दुई सय ९३, उर्जा अन्तर्गतका एक सय ७३, संघीय मामिला अन्तर्गतका २३, पर्यटन अन्तर्गतका ७, संचार अन्तर्गतका ४ र खानेपानी मन्त्रालय अन्तर्गतका एक आयोजना रुग्ण अवस्थामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here