धानको उत्पादन घट्ने अनुमान, मकै र कोदो भने बढ्ने

काठमाडौं, ४ फागुन । यो वर्ष धानको उत्पादन घट्ने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा धानको उत्पादन १.१ प्रतिशतभन्दा धेरै घट्नेछ ।

गत वर्ष धानको उत्पादन ९.५ प्रतिशत बढेको थियो ।

यसका साथै मकै र कोदोको उत्पादन भने बढ्ने अनुमान गरिएको छ । मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मकैको उत्पादन ५.७ प्रतिशत र कोदोको उत्पादनमा सामान्य वृद्धि हुनेछ ।

अघिल्लो वर्ष मकैको उत्पादन ०.९ प्रतिशत घटेको थियो भने कोदोको उत्पादन ०.६ प्रतिशत घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here