यसरी छानिए दिवेश पोखरेल ‘अमेरिकन आइडल’ मा

बोस्टन । काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ मा छनोट भएका छन् । आइतबार अमेरिकी च्यानल ‘एबिसी’बाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् ।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए ।

उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् । छनौटका प्रस्तुत हुँदा नमस्ते गर्दै उपस्थित भए, र बारम्बार नमस्ते गरिरहेका देखिन्थे ।

उनले आफू नेपालमा जन्मेको र नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस कार्यक्रममा गरेका थिए । उनको प्रस्तुतीबाट जजहरु समेत निक्कै आकर्षित भएका थिए ।

गितार सहित अडिसनमा पुगेका उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’बाट आफ्नो अडिसन सुरु गरेका थिए । उनले निर्णायकहरुलाई ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए ।

दिवेशले स्टेजमा पुगेर ‘नमस्ते’ शब्दले नेपालको परिचय दिए । उनले नेपाल निकै सुन्दर र शान्त देश भएको पनि बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here