कालापानी र लिपुलेकको अवलोकनमा निस्किए रक्षामन्त्री पोखरेल

काठमाडौं, ५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिदेशीय (नेपाल, भारत र चीन) को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् ।

आइतवार दार्चुला महोत्सव उदघाटनका दार्चुला पुगेका रक्षामन्त्री पोखरेल सोमबार बिहान कालापानी र लिपुलेकको अनुगमनमा निस्किएका हुन् ।

मन्त्री पोखरेलसंगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद् मानबहादुर धामी, गेल्बु सिंह बोहोरा, सुरक्षा निकायका अधिकारी सीमाक्षेत्र अनुगमनमा गएको बताईएको छ ।

केही समयअघि नेपालको सिमाना भारतले मिचेको भन्दै विभिन्न प्रकारका विरोधहरु हुँदै आएको छ । सरकारले यो समस्याको समाधान कुटनीतिक पहलबाट गर्ने बताउदै आएको थियो ।

मन्त्री पोखरेल सोमबार नै काठमाडौं फर्किँने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here