पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ

काठमाडौं, ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालत अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमबार गरिएको फैसला महराको पक्षमा आएको हो।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए 

अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्। पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।

महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here