कोरोनाभाइरसः वुहान अस्पतालकै निर्देशकको मृत्यु

काठमाडौं । संसारभर त्रास फैलाएको कोरोना भाइरस चीनको वुहान सहरबाट सुरु भएको थियो ।

कोरोनाले चीनमा भयावह स्थिती पैदा गर्दैगर्दा वुहान वुचाङ अस्पतालका निर्देशक डा. लिउ झिमिङ उपचार प्रक्रियाको नेतृत्व गरेको थियो।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीका अनुसार लिउ अस्पतालमा खट्दाखट्दा बिरामी परे। उपचारको क्रममा मंगलबार उनको मृत्यु भयो ।

यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङकोपनि मृत्यु भएको थियो।

ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here