नेपालमा एडीबीको लगानी वर्षमा ३२३.७ मिलियन डलर, कुन क्षेत्रमा कति ?

काठमाडौं,६ फागुन । बहुपक्षीय दातृ संस्था एसियाली विकास बैंक (एडीबी)को वार्षिक लगानीको आकार बढेको छ । एडीबीले सन् २०१९ मा नेपालमा विकास परियोजनाहरुमा ३२३.७ मिलियन डलर लगानी गरेको हो ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा बैंकले विकासका विभिन्न परियोजनाहरुमा ३२३.७ मिलियन डलर लगानी गरेको हो ।

बैंकको तथ्यांक अनुसार एक वर्षको अवधीमा बैंकले भुकम्प आपतकालिन सहायता कक्ष निर्माणको लागि ३८.५ मिलियन डलर, पावर सिस्टम विस्तार कार्यक्रममा २८.७ मिलियन डलर रहेको छ ।

त्यस्तै खाद्य सुरक्षा तथा कृषि वाणिज्यकरण कार्यक्रममा २५ मिलियन डलर, क्षेत्रीय शहरी विकास परियोजनामा २२.१ मिलियन डलर, ग्रामीण जडान सुधार प्रोजेक्टमा २०.२ मिलियन र विद्यालय क्षेत्र विकास कार्यक्रममा २० मिलियन खर्च गर्यो ।

एडीबीले नेपाललाई अहिलेसम्म ६ विलियन डलरभन्दा धेरैको आर्थिक र प्राविधिक सहयोग प्रदान गरिसकेको छ।

एडीबीको सहयोग ऊर्जा, यातायात, सहरी विकास, खानेपानी र सरसफाई, कृषि र सिंचाई, शिक्षा क्षेत्र लगायतका क्षेत्रमा केन्द्रित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here