जापानमा यसरी मनाइयो ‘न्याकेट फेस्टीबल’

काठमाडौं । जापानको होन्शू आइल्याण्डमा एउटा कार्यक्रम आयोजना गरिन्छ । जसमा मानिसहरु कपडाबिनै भाग लिन्छन् । यस कार्यक्रमलाई हड्का मत्सुरी भनिन्छ ।

चिसो मौसममा झनै चिसो पानीको बाटोबाट जो मानिस हिड्न सक्छ उसलाई नै सबैभन्दा पवित्र मानिन्छ । यो वर्ष कारोना भाइरसको संक्रमणको कारण मानिसहरुको भिड कम हुने अनुमान गरिएपनि न त मानिसहरुको संख्या कम भयो न त उनीहरुको उत्साह ।

हरेक वर्ष फेब्रुअरीको तेस्रो शनिवार इदाइजी कन्नोनिन मन्दिरमा यो पर्व मनाईन्छ । जसमा पुरुषहरुले एउटा छोटो लुगा मात्रै लगाएका हुन्छन् । यस पर्वलाई नाङ्गो पर्वको नामले चिनिन्छ ।

यस कार्यक्रमको मुख्य उदेश्य यूवाहरुमा कृषी सम्बन्धी धारणा विकास गर्नु भएको मन्यता रहेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here