४ प्रदेशमा नेपाल रेडक्रसको नयाँ कार्यसमिति

काठमाडौं, २५ चैत । नेपाल रेडक्रस सोसाइटीको ४ वटा प्रदेश समितिहरुको निर्वाचन सम्पन्न भएका छन् । २ नम्बर, गण्डकी, ५ नम्वर, ६ नम्बर प्रदेशको निर्वाचनमा पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन् ।

रेडक्रसको गण्डकी प्रदेशको सभा र प्रदेश कार्यसमितिको पहिलो निर्वाचन आइतबार कास्कीको पोखरामा सम्पन्न भएको छ । नवनिर्वाचित समितिमा कास्कीका सूर्यप्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भएको रेडक्रसले जानकारी दिएको छ ।

यसैगरी, कोषाध्यक्षमा लमजुङका नारायणप्रसाद घिमिरे, उपमहासचिवमा स्याङजाका सुनिलकुमार अर्याल, उपकोषाध्यक्षमा हिराबहादुर थापा, महिला सदस्यहरुमा मुस्ताङकी पुष्पा शेरचन र फुलमाया गुरुङ निर्वाचित भएका हुन् ।

त्यस्तै चैत्र २१ र २२ मा महोत्तरीमा सम्पन्न २ नम्बर प्रदेशको सभाले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको छ । महिला उपाध्यक्षमा महोत्तरीकी सरिता सिंह, महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वाचित भए ।

त्यस्तै, सर्लाहीका सुगन्ध प्रसाद गुप्ता, पर्साका सलाउदीन अहमद क्रमश उपमहासचिव र उपकोषाध्यक्ष चयन भएका हुन् । महिला सदस्य तर्फ रौतहटकी भुवानी गिरी श्रेष्ठ र बाराकी रुपा अधिकारी चौधरी निर्वाचित भइन् ।

चैत्र २० गते ५ नम्बर प्रदेशको अधिबेशनले अर्घाखाँचीका सभापति शम्भु पोख्रेल अध्यक्ष रहेको १२ सदस्यीय प्रदेश समिती सर्वसम्मत रुपमा चयन गरेको छ।

समितिको उपाध्यक्षमा बर्दियाका किरण श्रेष्ठ जोशी, महासचिवमा रुपन्देहीका कृष्ण पगेनी, कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मा, उपमहासचिवमा दाङका ईश्वर पोख्रेल, उपकोषाध्यक्षमा रुकुमपुर्वका दामोदर पौडेल चुनिएका छन् ।

कर्णाली प्रदेशको प्रथम अधिवेशन र प्रदेश कार्यसमितिको निर्वाचन चैत्र १९ र २० मा बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको र प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत छन् । चैत्र मसान्तसम्म बाँकी ३ वटा प्रदेशमा नेपाल रेडक्रसका प्रदेश समितिको सभा र निर्वाचन हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here