आमासँग यो हलमा निःशुल्क हेर्नुहोस् चलचित्र ‘आमा’

काठमाडौं । शुक्रबारदेखि रिलिज हुने चलचित्र ‘आमा’ को निर्माण पक्षले आफ्नो आमासंग गएमा निःशुल्क हेर्न पाउने घोषणा गरेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार काठमाण्डौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइनेछ ।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यस्तो छ ट्रेलरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here