मानिसजस्तै उपयोगी औजार बनाउन सक्ने काग !

काठमाडौं । बचपनमा तपाईंले त्यो चलाख कागको कथा त सुन्न नै भएको होला । जसमा एउटा पानी खान नपाएर तिर्खाएको कागले कसरी पानीको घैटोमा ढुङ्गा खसालेर पानी खान्छ ।

यसैगरी केही समयअघि बेलायतमा बेट्टी नामको एउटा काग चर्चित भएको थियो । यो कागमा फलामको तारलाई बङ्ग्याएर खिप बनाउन सक्ने खुबी थियो ।

बेट्टीको यो घटना सन् २००२ तिरको हो । जसमा बेट्टीले आफ्नो यस्तै प्रकारको कामले सबैलाई अचम्मित पारेको थियो । त्यो समयमा वैज्ञानिकहरूमा पनि यो प्रश्न उठेको थियो कि कसरी एउटा चरा खिप बनाउने काम मान्छेले जस्तै गनर्सक्छ ?

तर, यो एउटा बेट्टी नामको कागको मात्रै कुरा होईन्, यस संसारका सबै कागमा केही मात्रामा भएपनि नयाँ कुरा गर्ने क्षमता हुन्छ ।

बेट्टी न्यू कैलेडोनियन क्रो प्रजातिको कागमा पर्दछ । यस प्रजातिका कागमा साना साना बस्तुहरूलाई औजार बनाएर काम गर्नसक्ने क्षमता हुने कुरा वैज्ञानिकहरू बताउँछन् ।

कागहरूमा भएका विभिन्न प्रकारका अध्ययनपछि वैज्ञानिकहरूले कागमा प्राकृतिक रूपमा नै चलाखीपन हुने निष्कर्ष निकालेका थिए ।

बेलायतका सेन्ट एन्ड्रयूज यूनिभर्सिटीका वैज्ञानिक क्रिस्चियन रट्ज़ भन्छन् ‘बेट्टीको हकर्त देखेर हामीले कागप्रति रहेको हाम्रो धारणा परिवर्तन गरेका थियौं ।’
बिबिसीबाट अनुबादित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here