प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, ११ फागुन । गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध दोस्रो उजुरी दर्ता भएको छ।

प्रधानमन्त्री ओली, पूर्व मन्त्री बाँस्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो ।

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चारमन्त्री बाँस्कोटाको अडियोटेप सार्वजनिक भएपछि गत बिहीबार उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए। सार्वजनिक अडियोमा बाँस्कोटाले ७० करोड कमिसन डिल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here