भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी

काठमाडौं, १२ फागुन । फास्ट बलरले सानदार प्रदर्शन गरेपछि भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ ।

दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले दोस्रो इनिङ्समा १.४ ओभर खेल्दै विकेट नगुमाई लक्ष्य पूरा गरेको हो ।

पहिलो पालीमा १ सय ८३ रनले पछि परेको भारतलाई दोश्रो पालीमा १ सय ९१ रनमा अलआउट गरेपछि न्युजिल्याण्डले ९ रनको झिनो लक्ष्य पाएको थियो । भारतलाई अलआउट गर्न न्युजिल्यान्डका लागि टिम साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट लिए । न्युजिल्याण्डले २ खेलको सिरिजमा १–० को अग्रतासमेत लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here