पामको विकल्प बन्दै भटमासको तेल, सात महिनामा ५ अर्ब ९४ करोडको निर्यात

काठमाडौं, १३ फागुन । नेपालमै खेती गर्न सकिने वा उत्पादनको प्रशस्त सम्भावना भएको भटमासको तेल पाम तेलको विकल्प बन्दै गएको छ ।

भटमास, तोरीजस्ता तेलहन बालीमा परनिर्भरता बन्नु पर्ने नेपालीको दैनिकी दिनप्रतिदिन बढ्दै गएको छ।

भौगोलिकरुपले धेरै टाढाका मुलुकबाट ल्याएर नेपालमा प्रसोधन गर्दा एकातिर उपभोग्य मूल्य बढ्ने अर्कोतिर परनिर्भरता बढ्ने प्रवृत्तिको विकास भइरहेको थियो ।

भारतले प्रशोधित पाम तेलमा प्रतिबन्ध लगाउँदा त्यसको निर्यात रोकिएको छ । तर, त्यसको विकल्पका रूपमा सोयाबिन तेल देखिएको छ ।

व्यवसायीक तेल उत्पादनका लागि नेपालमा कमै मात्र खेती गरिने भटमासको तेलको निर्यात तथ्यांक हेर्दा नेपाली कृषकको भाग्य भटमास खेतीले नै बदल्न सक्छ कि भन्ने आशा पालाएको छ ।

भन्सार विभागको तथ्याङकअनुसार चालु आर्थिक वर्षको माघ मसान्त सबैभन्दा धेरै १३ अर्ब ६८ करोडको पाम तेल निर्यात भएको छ ।

गत पुसमा नै १३ अर्ब ६७ करोडको निर्यात भएको पाम तेल भारतको प्रतिबन्ध सँगै निर्यात पनि रोकिएको हो ।

पाम तेलको निर्यात रोकिए पनि त्यसको स्थान सोयाबिन तेलले लिँदै गएको देखिन्छ ।

गत पुस मसान्त सम्ममा ४ अर्ब ३८ करोडको निर्यात भएको सोयाबिन तेल माघ मसान्तमा आउँदा १ अर्ब ५७ करोडले वृद्धि भएर ५ अर्ब ९५ करोडको निर्यात भएको विभागको तथ्यांक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here