रेकर्ड कायम गर्दै बढेको सुनको भाउ घट्यो

काठमाडौं, १३ फागुन । रेकर्ड कायम गर्दै बढेको सुनको भाउ मंगलबार घटेको छ ।

सोमवार प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ३०० रुपैयाँ घट्दै प्रतितोला ८० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार तेजावी सुनको मूल्यपनि प्रतितोला ३०० रुपैयाँले नै घट्यो ।

सोमवार प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलवार ३०० रुपैयाँले घट्दै प्रतितोला ७९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सुनको भाउ घटेपनि मंगलवार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here