दक्षिण कोरियामा कामदार पठाउन बन्द

काठमाडौं, १३ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालबाट कामदार पठाउन रोकिएको छ । मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो।

परिस्थिति सामान्य नभएसम्मलाई तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरेको जनाइएको छ ।

ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिनअघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए। कोरियाको थेगु सहरमा कोरोना भाइरस भेटिएपछि नेपालले कामदार पठाउन रोकेको हो।

चीनदेखि कोरिया नजिक भएकाले पनि कोरोनाको असर बढी देखिएको हो। चीनभन्दा कोरियामा कोरोनाको असर तीव्रगतिमा फैलिएका कारण त्रास फैलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here