पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर

काठमाडौं, १४ फागुन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरि नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक बिक्रेता अग्नि ग्रुपले पारसलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

कम्पनीले खड्कालाई आफ्नो ब्राण्ड एम्बेस्डर घोषणा गर्दै ग्लोवल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड जितेको एक्सयुभि ३०० हस्तान्तरण गरेको छ।

अलराउण्डर तथा कप्तानका रुपमा नेपाली क्रिकेटमा एक दशकभन्दा बढी समय योगदान गरेका पारसले अग्नि ग्रुपसँग आवद्ध हुनपाउँदा खुशी लागेको बताए ।

पारसलाई प्रदान गरिएको महिन्द्राको एक्सयूभी ३०० गाडीको नेपाली बजारमा झण्डै ४० लाख रुपैयाँ मूल्य रहेको छ । पारसलाई मंगलबार नेपाल टेलिकमले पनि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here