एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं, १५ फागुन । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रालिबीच एभरेष्ट बैंकका ग्राहकलाई छुट प्रदान गर्न साझेदारी भएको छ ।

सम्झौता अनुसार काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड ५ तारे होटलमा एभरेष्ट बैंकका ग्राहकले निर्धारित मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

एभरेष्ट बैंकका ग्राहकले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

बैंकले हाल देशभरका ९५ स्थानीय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटीएम बाट मजबुत सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here