पाठ्यपुस्तक अभावकोे संकेत, ६० करोड पुस्तक छाप्न बाँकी

काठमाडौं, १७ फागुन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०७७ का लागि समयमै पाठ्यपुस्तक उपलब्ध गराउने भनेको भए पनि नपुग्ने संकेत देखिएको छ ।

शैक्षिक सत्र सुरु हुन डेढमहिना बाँकी हुदाँपनि सबै पुस्तक नछापिएकाले देशैभर समयमै पाठ्यपुस्तक पुग्नेमा अन्योल देखिएको हो ।

नियम अनुसार चैत १५ गतेभित्र विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्ने हो । शैक्षिक वर्ष २०७७ लागि जनक शिक्षा साम्राग्री केन्द्रले २ करोड ११ लाख पाठयपुस्तक छाप्नुपर्छ । तर अहिलेसम्म १ करोड ४० लाख पुस्तक मात्रै छापिएको छ ।

जनक शिक्षाले चैत्र २० गतेसम्ममा बाँकी करिब ६० करोड पुस्तक छापिसक्ने लक्ष्य राखेको छ । यो लक्ष्य आफैमा ढिलो देखिएको छ ।

पुस्तक छपाइमा करिब ३ सयजना कामदारहरु खटिरहेनुका साथै ६ वटा मेसिनमा काम भइरहेको छ । जनक शिक्षा सामग्री लिमिटेडले कक्षा २, ३, ४, ५, ९ र १० को पुस्तक छपाईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here