गहिरिँदै लिबिया संकट, राष्ट्रसंघीय मिसन सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौं, २६ चैत । अफ्रिकी राष्ट्र लिबियामा जनरल खलिफा हफ्तर नेतृत्वको विद्रोही समूह ‘द लिवियन नेशनल आर्मी’ले त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको स्थिती तनावपूर्ण बन्दै गइरहेको छ ।

राजधानी त्रिपोली नजिकै भएको भिडन्तमा २१ जना विद्रोहीको मृत्यु भएको र ३२ जना घाइते भएको सरकारले बताएको छ । गत शनिबार एक रेड क्रिसेन्ट डाक्टर समेत मारिएका थिए ।

संयुक्त राष्ट्रसंघको सहयोगमा गठित सरकार विरुद्ध आक्रमक कारवाही सुरु गरेपछि स्थिती तनावपूर्ण बन्दै गइरहेको अवस्थामा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसनको हेडक्वाटरको सुरक्षाको जिम्मा लिएको छ ।

मिसनको हेडक्वाटर र संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिसनका प्रमुख घासन सलामे लगायत मिसनका उच्च पदस्थ पदाधिकारीहरु युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया अन्तर्गत त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका नेपाली सेनाले बताएको छ ।

उक्त मिसनमा कार्यरत रहेका २३१ जना नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेका छन् ।

हाल विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई नो फ्लाई जोन घोषणा गरेतापनि त्रिपोलीबाट ट्युनिशियामा जाने सडकमार्ग चालु अवस्थामा नै रहेको छ ।
त्यहा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिसनले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशियामा पठाउने कार्य शुरु गरेको छ ।

तनावग्रस्त स्थितीको कारण अत्यावश्यकिय सेवाहरु ठप्प भएको छ र धेरै मानिसहरु घर छोडेर हिँड्न थालेका छन् ।
विशेषगरी गत चैत २२ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तरबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो ।

वार्ताबाट निष्कर्ष ननिस्केसँगै विद्रोही नेता खलिफा हफ्तरले आफ्नो समुहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएका छन् ।

यस विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चासो व्यक्त गरेका छन् । हफ्तरका लडाकुहरूले पूर्व्तिरबाट राजधानी त्रिपोली घेरिरहेका छन्।

संयुक्त राष्ट्र संघ समर्थित प्रधानमन्त्री फयल अल सराजले हफ्तरले ‘कू’ गर्न खोजेको आरोप लगाउँदै विद्रोहीलाई शहरभित्र पस्न नदिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here