फितलो ब्याटिङले हङकङसँग नेपालको लज्जाष्पद हार,शीर्ष २ को सम्भावना न्यून

काठमाडौं, १८ फागुन । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो ।

शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल शनिबार नै मलेसियासँग २२ रनले पराजित भएको थियो।

हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो ।

हङकङले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८ दशमलव १ ओभरमा एक सय ११ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २/२ तथा कुशल मल्लले १ विकेट लिएका थिए।

हङकङका लागि निजाकत खान मोहमदले सर्वाधिक ४८ तथा हरुन मोहम्मद अर्सदले २७ रनको योगदान गरे।

त्यस्तै, साहिद वासिफ २६, तथा जेम्स जोन एट्किन्सन १३ रनमा पभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन्।

जारी प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया र थाइल्यान्ड समावेश छन्। त्यसमध्ये, मलेसिया र सिंगापुरले १/१ खेलमा जित हासिल गर्दै २/२ अंक जोडिसकेका छन्।

नेपालले तेस्रो खेल बुधबार थाइल्यान्डविरुद्ध र अन्तिम खेल मार्च ६ गते सिङ्गापुरविरुद्ध खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here