सुनको भाउ तोलामा १२ सय घट्यो

काठमाडौं, १८ फागुन । सुनको भाउ प्रति तोला १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुन प्रति तोला ७८ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भएको थियो । शुक्रबार पनि सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको थियो ।

तेजावी सुन पनि मूल्य घटेर ७७ हजार ७ सयमा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि तोलामा वीस रुपैयाँ घटेर ८ सय ६० रुपैयामा कारोवार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here