दोधारा चाँदनीमा १४ जना शिक्षक सम्मानित

पप्पु गुरुङ्ग, दोधारा,१८ फागुन । नेपाल शिक्षक संघ माहाकालीको दोस्रो नगर प्रतिनिधी सभामा १४ जना शिक्षक सम्मानित भएका छन् ।

‘सन्तुष्ट शिक्षक, युगानकुल शिक्षक । लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता’ नारा सहित माहाकाली नगरपालिकामा नेपाल शिक्षक संघ माहाकालीको दोस्रो नगर प्रतिनिधी सभा माहाकाली नगरपालिकामा बिगत लामो समय सम्म कार्यरत रहदै आएका अवकास प्राप्त भएका र देहान्त भएका १४ जना शिक्षकलाई सम्मान गरिएको नेपाल शिक्षक संघ माहाकालीका प्रतिनिधी धर्मराज पण्डितले जानकारी दिएका छन् ।

सम्मान पाउने शिक्षकहरुमा सुन्दर नेपाली, अमर बुढा, धर्मराज पण्डित, शान्ती प्रसाद भट्ट, जिवद्द प्रसाद यादव, गोरख सिंह साउद, हर्क सेठ्ठी, बिष्णु दत्त भट्ट, स्व. दामोदर खत्री, स्व. सहदेव ओझा, स्व. केशव प्रसाद भट्ट, गोरख सिंह सा“उद, यज्ञराज पण्डित, नाफु सिंह साउद रहेका छन् ।

नेपाल शिक्षकको आर्थिक, भौतिक तथा सांगठनिक बिस्तार सुद्धढिकरण तथा शिक्षकको हक हितका लागी अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरिएको नेपाल शिक्षक संघ माहाकालीका सभापती रतनधन सिंह भण्डारीले जानकारी दिएका छन् ।

उनिहरुलाई नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखकले सम्मान पत्र दिदै धन्यबाद दिएका थिए । कार्यक्रममा बोल्दै नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले शिक्षित समाज निर्माणका लागि शिक्षकहरुको महत्वपर्ण भूमिका हुने बताएका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा नेपाल शिक्षक संघले बिगतका दिनहरुले गर्दै आएको समाज परिवर्तन गर्न र शिक्षित समाज निमार्ण गर्न खेलेको भुमिका समय सान्दर्भिक रहेको बताउदै अझै सशक्त भएर आफ्नो पेशामा लाग्न समेत उनले अनुरोध गरेका छन् ।

नेपाल शिक्षक संघ माहाकालीका अध्यक्ष रतनधन सिंह भण्डारीको सभापतित्वमा संचालन भएको नेपाल शिक्षक संघ माहाकालीको दोस्रो नगर प्रतिनिधी सभा कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखक रहेका थिए भने ।

बिशिष्ठ अतिथीमा नेपाल शिक्षक संघ प्रदशे अध्यक्ष बिर्ख बहादुर मल्ल, नेपाली काग्रेंस जिल्ला सभापती हरि प्रसाद बोहरा रहेका थिए भने, अतिथीमा महाधिबेसन प्रतिनिधी बेल बहादुर राना, नेपाली काग्रेंस नगर सभापती डम्मर चन्द, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट लगाएको सहभागिता रहेको थियो ।

माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको भानु माबिको एक कक्षमा संचालन भएको दोस्रो नगर प्रतिनिधी सभाका कार्यक्रम संचालन उदय रावत र राजेश सुनारले गरेका थिए भने, आर्थिक प्रतिबेदन शिक्षक रमेश साउदले प्रस्तुत गरेका थिए । यस्तै सांगठनिक प्रतिबेदन प्रस्तुत शिक्षक राजेश सुनारले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here