पाँच लाख १० हजार विद्यार्थीले देशभर १९ सय ९५ परीक्षा केन्द्रबाट दिँदैछन् एसइई परीक्षा

काठमाडौं, १८ फागुन । चैत्र ६ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई)को लागि देशभर ५ लाख १० हजार विद्यार्थीले फारम भरेको राष्ट्रिय परिक्षा बोर्डले बताएको छ ।

जसमा नियमित तर्फ ४ लाख ९५ हजार विद्यार्थीले फारम भरेका छन् भने आंशिकतर्फ १५ हजारले फारम भरेका छन् ।

परीक्षा बोर्डका अनुसार यो वर्षको एसइई परीक्षाको लागि देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । यो संख्या अघिल्लो वर्षभन्दा २६ वटा बढी हो ।

अघिल्लो वर्ष कुल १ हजार ९ सय ६९ परीक्षा केन्द्रबाट एसइई परीक्षा दिईएको थियो ।

काठमाडौं जिल्लाबाट सबैभन्दा धेरै विद्यार्थी

परीक्षा बोर्डको अनुसार यस वर्षको एसइई परीक्षाको लागि काठमाडौं जिल्लाबाट सबैभन्दा धेरै पिद्यार्थीले फारम भरेका छन् । काठमाडौंबाट कुल ३६ हजारभन्दा धेरै विद्यार्थीले एसइईको लागि फारम भरेका छन् ।

सबैभन्दा थोरै फारम भर्नेमा मनाङ जिल्ला रहेका छन् । यस वर्ष मनाङबाट ५० जना विद्यार्थीले एसइई दिँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here