काठमाडौं । अमेरिका, अफगानस्थानको सरकारी निकाय र तालिवान अधिकारहरुबिच शनिवार दोहा कतारमा एक शान्ति सम्झौता भयो ।
कतारमा धुमधामसंग गरिएको यो सम्झौतापछि अफगान सरकारले सावधानीका साथै देशमा शान्ति कायम होला वा युद्धको घटनामा कमी आउला भन्ने लक्ष्य राखेको छ ।
बिगत दुई दशकदेखि अफगानस्थानमा जारी युद्धमा धेरै मानिसको रगत बगिसकेको छ । तालिवानले हालसम्म आफगानस्थानको धेरै शहरहरु नियान्त्रणमा लिईसकेको छ, यसका साथै पछिल्लो समय तालिवान देशको प्रमुख शरह नियन्त्रणमा लिने लक्ष्यमा थियो ।
तर, युद्ध बढ्दै गर्दा तालिवान लडाकु तथा अमेरिकी सेना दुवैलाई यो कुराको आभास हुन थाल्यो कि कुनै एकलाई पुर्ण रुपमा हराउन असम्भव छ । यसैबिच अमेरिकी राष्ट्रपति ट्रम्पले प्रष्ट रुपमा भने ‘म मेरो देशको सेना फिर्ता बोलाउछु ।’
अबको १४ महिनामा पुर्ण रुपमा अफगानस्थान छोड्छ अमेरिका
यदि तालिवान लडाकुहरुले भनेको अनुसार नै काम गर्ने हो भने अबको १४ महिनाभित्र अमेरिकाले आफ्नो सेना पुर्ण रुपमा फिर्ता लाने बताईएको छ ।
तर, यसैबिच विभिन्न प्रकारका चिन्तापनि पैदा भईरहेको अफगान अधिकारीहरु बताउछन् । यदी अमेरिकी सेना फिर्ता गएपछि फेरी तालिवानी लडाकु युद्धको मैदानमा उत्रिए भने के होला ? यो प्रश्न उठ्न थालेको छ ।
यसका साथै केही विश्लेषकहरु तालिवान लडाकुहरुले यो विषयलाई सम्झौताको रुपमा भन्दापनि जितको रुपमा लिएको बताउछन् । र उनीहरुले आफ्ना फौजमा पनि यही कुरा भनेको उनीहरु बताउछन् । (बीबीस)