कति कमायो दुई हप्तामा ‘सेन्टी भाइरस’ले ?

काठमाडौं, १८ फागुन । गत फागुन ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ ले दुईहप्तामा ४ करोड ८ लाख बराबरको ग्रस कलेक्शन गरेको छ ।

निर्माण टिमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि व्यापार रिपोर्ट सार्वजनिक गरेको हो।

चलचित्र वितरक गोविन्द शाही र प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलका अनुसार प्रदर्शनका दुई दिन उत्कृष्ट व्यापार गर्दै ४ करोड माथिको ग्रस कलेक्शन भएको हो।

वितरक शाहीका अनुसार,चलचित्रले काठमाडौंमा २ करोड १० लाख ३ हजार र काठमाडौं बाहिर १ करोड ९० लाख ५ हजार व्यापार गरेको छ।

कार्यक्रममा फिल्मका कलाकार तथा प्रस्तुतकर्ता सिताराम कट्टेलले फिल्मले मोटामोटी लगानी सुरक्षित गरेको बताए। कट्टेलले कूल २ करोड ८५ लाख लागतमा निर्माण भएको फिल्मले विदेश बिक्रीबाट १ करोड १५ लाख तथा ४५ लाख डिजिटल राइट्सबाट प्राप्त गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here