पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर

काटमाडौं, १९ फागुन । राष्ट्रिय योजना आयोगले १५ औं योजना स्वीकृत गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसको बैठकले पाँच वर्षका योजनालाई पूर्णता दिएको हो ।

१५ औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो ।

१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ ।

योजना अनुसार पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । त्यस्तै गरिबी ९ प्रतिशत मुनी झार्ने तथा शिक्षा, स्वास्थ्यको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

२२ राष्ट्रिय गौरवका आयोजना र १७७ उच्च प्राथमिकताका आयोजनासहितका कार्यक्रम तय गरेको छ। यसबाहेक बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here