कोरोना कहरः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिटर पास’ बन्द

काठमाडौं । कोरोनाको संक्रमण हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न नागरिक उड्ययन प्राधिकरणले सूचना जारी गरेको छ।

यसका साथै विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ समेत बन्द भएको छ ।

आइतवारबाट नै सरकारले संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको थियो।

यसैबिच नागरिक उड्ययन प्राधिकरणले सोमवार विज्ञप्ती सार्वजनिक गरेको छ ।
विज्ञप्तीमा उल्लेख छ, ‘यात्रुहरूलाई स्वागत तथा बिदायी गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ ।’

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिमको क्षेत्रको रुपमा राखेसंगै विमानस्थल प्रवेशमा कडाई गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here