विश्वका हरेक देश कोरोना संक्रमणको उच्च जोखिममा छन्ः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वका हरेक देश कोरोना भाइसरको संक्रमणको उच्च जोखिममा रहेको बताएको ।

मंगलवार हरेक क्षेत्रबाट कोरोनासंग जुध्नको लागि प्रयास गर्नुपर्ने बताउदै डब्ल्यूएचओले कुनै देशपनि ढुक्कसंग बस्न नहुने बताएको छ ।

चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसको कारण हालसम्म विश्वभर ३ हजार १ सय ५० भन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ भने ९२ हजारभन्दा धेरै मानिसहरु संक्रमित भएका छन् ।

हाल विश्जभर ५८ भन्दा धेरै देशमा कोरोना भाइसरको संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here