कालीमाटीमा कुन तरकारीको मूल्य कति ?

काठमाडौं, २३ फागुन । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको मूल्य प्रायः घटबढ भइरहन्छ ।

एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको तुलनामा तरकारीको मूल्य स्वाट्टै घटेको पनि पाइन्छ ।

भान्साको सारथी तरकारीको मूल्य बढ्दा हाम्रो भान्सा समेत महङ्गो हुने गरेको छ । दिनहुँजसो तरकारीको मूल्य घटबढ भइरेको छ ।

कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । गोलभेडा सानो ६० देखि ७० रुपैयाँमा किनबेच भैरहेको छ । आलुरातो प्रतिकिलो ५० रुपैयामा किनबेच भैरहेको छ ।

भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४०रुपैयाँ रहेको छ ।

यसरी समग्रमा हेर्दा तरकारीको मूल्य खासै बढेको पाइँदैन । तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।

नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here