मेडिकल मास्क बेच्ने विज्ञापनमा फेसबुक र इन्स्टाग्रामले लगाए प्रतिबन्ध

काठमाडौं । फेसबुक र इन्स्टाग्रामले मेडिकल मास्क बेच्ने विज्ञापनमा प्रतिबन्ध लगाएको छ ।

गैरकानुनी रूपमा कोरोना भाइरसकोे आपतकालीन फाइदा उठाउनबाट रोक्नको लागि प्रतिबन्ध लगाएको कम्पनीले बताएको छ । फेसबुकको इंटिग्रिटी टिमको नेतृत्व गर्ने रोब लीर्थनले ट्विटरमार्फत शनिबार मेडिकल मास्क बेच्ने विज्ञापनमा प्रतिबन्ध लगाएको सूचना दिएका हुन् ।

‘कोभिड १९ को त्रास फैलिरहेको अवस्थामा कसैले पनि सार्वजनिक स्वास्थ्यमा आइपरेको आपतकालको फाइदा लिने प्रयास गरिरहेको छ भने हामी हाम्रो नीतिहरूमा आवश्यक सुधार गर्नेछौं, उनले ट्वीट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here