नारी दिवसकै दिन महिलामाथि एसिड प्रहार

काठमाडौं । आज विश्वभर ११० औं नारी दिवस मनाइदै गर्दा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १ मा एक महिलामाथि एसिड (तेजाब) प्रहार गरिएको छ ।

तेजाब प्रहारबाट घाइते भएकी ती महिलाको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ ।

महिलाको निधार र शरीरमा तेजाब लागेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार क्रिकेट ब्याटको विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले उनीमाथी तेजाब प्रहार गरेका हुन् ।

क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला वरईले ब्याट्रिमा राख्ने तेजाब प्रहार गरेका हुन् ।

तेजाब प्रहार गर्ने वरईलाई प्रहरी नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here