नेपालमा औषधि अभाव नहुने, भारतको विकल्प अब बंगलादेश

काठमाडौं, २५ फागुन । नेपाल औषधि व्यवसायी संघले नेपालमा औषधि अभाव नहुने जनाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण छिमेकी मुलुक भारतले औषधि निर्यातमा रोक लगाएपछि नेपालले बङ्लादेशबाट औषधि आयात गर्न लागेको संघले जनाएको हो ।

भारतले केहि दिनअघि २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपालको हकमा भने भारतले तत्काललाई त्यस्तो कुनै योजना नरहेको पनि प्रस्ट पारेको छ ।

तरपनि नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भएको जनाएको छ । नेपालले आवश्यक अधिकांश औषधि भारतबाट आयात गर्दै आएको थियो ।

औषधि उत्पादक संघका अनुसार, नेपालमा झन्डै ६ महिनालाई पुग्ने औषधि स्टक छ ।

औषधि अभाव हुने हल्ला चलेपछि उत्पादक संघले सो जानकारी दिएको हो । औषधि उत्पादक संघको तथ्यांकअनुसार हाल झन्डै ६ करोड ट्याब्लेट पारासिटोमोल स्टक छ ।

संघका अनुसार पारासिटामोलका लागि आवश्यक पर्ने कच्चा पदार्थ झन्डै ३८ हजार किलो स्टक छ ।

यस्तै, मेट्रोनिडाजोलका लागि आवश्यक पर्ने १० हजार किलो कच्चापदार्थ र मेट्रोनिडाजोल झन्डै ६ करोड ट्याब्लेट स्टक छ । भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्ससहित अन्य २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here