रंगको व्यापार ९० प्रतिशत घट्यो, तीन घण्टामा एउटा टिसर्ट बिक्री !

जितेन्द्र खनाल

काठमाडौं, २६ फागुन । प्रायः हरेक चाडपर्वका बेला भीडभाड हुने असन, इन्द्रचोक, न्यूरोड क्षेत्रमा व्यपारीहरु कोरोनाको मारमा परेका छन् ।

हरेक वर्ष होली आउनु ४/५ दिनअघिबाट विभिन्न चोकमा होलीका लागि ल्याइएका सामग्री बेच्न व्यापरीको पिडा पनि उस्तै छ ।

अहिल्लो वर्षको तुलनामा रंगको व्यापार ९० प्रतिशतभन्दमा धेरै घटेको न्यूरोडको वसन्तपुर जाने बाटोमा रंगको व्यापार गर्दै आएका धर्मेन्द्र यादवले बताए ।
‘मान्छे आएका छैनन् कसरी बिक्री हुने रंग’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा १० प्रतिशत पनि व्यापार भएको छैन् ।’

अघिल्ला वर्षहरुमा बोल्ने फुर्सद समेत नहुने कुरा बताउने उनी यो वर्ष तीन घण्टामा १ सय ३० रुपैयाँको रंग बेचेको बताउँछन् ।

‘अघिलो वर्ष त बोल्ने फुर्सदसमेत हुँदैनथ्यो, २ घण्टामा सबै बेचि सकिन्थ्यो’ उनले भने, ‘यो वर्ष तीन घण्टा भयो आएर बसेको अहिलेसम्म १ सय ३० रुपैयाँको रंग बेचेको छु ।’

बिक्री हुँदैन भन्ने थाहाँ भएपनि कोठामा बसेर के गर्ने २/४ रुपैयाँ आम्दानी हुन्छ भनेर आएको समेत उनले बताए ।

तीन घण्टामा एउटा टिसर्ट बिक्री

अघिल्ला वर्षहरुमा राखेको केही समयमा नै हारालुछ भएर बिक्री हुने होलीका टिसर्ट यो वर्ष ३ घण्टामा एउटा मात्रै बिक्री भएको कुरा बताउँछन् कालिमाटीबाट वसन्तपुर जाने बाटोको पुलमाथी टिसर्ट राखेर बसेका सन्तमान महर्जन ।

‘अघिल्लो वर्षहरुमा त राखेको केही समयमा नै हारालुछ भएर बिक्री हुन्थ्यो’ उनले भने, ‘यो वर्ष आएर बसेको तिन घण्टा भयो मैले २०० वटा टि सर्ट राखेको छु त्यसमा अहिलेसम्म १ वटा मात्रै बिक्री भएको छ ।’

अहिल्ला वर्षहरुमा ५०० भन्दा धेरै टिसर्ट राख्ने महर्जन यो वर्ष कोरोनाको कारण बिक्री हुँदैन भनेर २०० वटा मात्रै राखेको उनले बताए ।

‘मलाई छोराले भनेको थियो यो वर्ष बिक्री हुँदैन नकिन्नु भनेर’ उनले भने, ‘मैले सोँचे ५०० वटा नै पो बिक्री हुँदैन् २र३ सय त बिक्री भैहाल्छ नि तर, छोराले जस्तो भन्या त्यस्तै भयो ।’

१/२ बजेसम्म बिक्री हुने आशा

वसन्तपुरकै केही व्यापारीहरु भने १र२ बजेसम्म मानिसहरुको भिड बढ्ने आश गरेका छन् ।

‘९ बजे त को नै आउला र त्यसमाथी यस्तो संक्रमणको हल्ला फैलिएको छ, १र२ बजेसम्म मानिसहरुको संख्या बढ्छ ।’ वसन्तुरका केही व्यापारी बताउँदै थिए ।

कारोना त्रासको कारण वसन्तुर मात्रै होइन काठमाडौंका हरेक स्थान बसपार्क, एयरपोर्टदेखि काठमाडौंका पर्यटकीय क्षेत्र, ठमेल क्षेत्र सुनसान छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here