अष्ट्रेलिया रहेका नेपालीलाई विशेष सावधानी अपनाउन दूतावासको अपिल

काठमाडौं । क्यानबेरास्थित नेपाली दूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

अष्ट्रेलियामा रहेका नेपालीलाई कोरोनाको संक्रमण भएपछि त्यहाँ रहेका नेपालीलाई यस रोगबाट बच्न विशेष सावधानी अपनाउन राजदूतावासले आग्रह गरेको हो।

राजदूतावासले प्राणघातक उक्त रोगबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ।

‘नेपाल सरकार र सम्वद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल अष्ट्रेलियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नेपाली राजदूतावास क्यानबेरा विशेष अनुरोध गर्छ, ‘विज्ञप्तिमा भनिएको छ।

नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोना को संक्रमण देखिएको क्यानबेरास्थित नेपाली दूतावासले पुष्टि गरिसकेको छ ।

हाल उनको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालको भनाइलाई उद्धृत गर्दै दूतावासले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here