आगलागीले दोधारा चाँदनीका एक किसानको उखुखेती नष्ट

दोधारा, २६ फागुन । माहाकालीमा एक किसानको ७ कट्टा जग्गामा रहेको उखुखेतीमा आगलागी हुँदा उखु जलेर नष्ट भएको छ ।

माहाकालीमा एक किसानको उखुबारीमा अचानक आगलागी हुँदा ७ कट्टा रहेको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ् ।

महाकाली नगरपालिका वडा नं। ५ निवासी हजारी चन्दले आफ्नो १३ कट्टा जग्गा मध्य ६ कट्टा जग्गामा रहेको उखु काटिसकेको र खेत सफा गर्न आगो लगाएका थिए ।

खेत सफा गर्न लगाएको आगोको झिल्का उखु खेतमा सल्कीन गएकोले सोमबार करिब २ बजे उखु काट्न बाँकी रहेको झण्डै ७ कट्टामा आगलागी भएको हजारी चन्दले बताएका छन् ।

१३ कट्टा जग्गा मध्ये ७ कट्टा जमिनमा उखु खेती जलेको उनले जानकारी दिए । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा थियौं,’ हजारी चन्दले भने , ‘तयारी ७ कट्टाको उखु पूर्ण रुपमा नष्ट भयो ।’ खेतमा आगो लाग्न साथ नेपाल प्रहरी, सशस्त्र प्रहरीलाइ खबर गरेका थिए ।

माहाकाली नगरपालिकाको दमकललाई समेत खबर गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुले आगो नियन्त्रणमा लिएको बताईएको छ् । माहाकाली नगरपालिकाको दमकल पुगेपछि आगो नियन्त्रणमा लिन सहज भएको स्थानियहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here