विमानमा समस्या देखिएपछि श्री एयरको गर्‍यो यात्रुलाई अर्को व्यवस्था

काठमाडौं, २७ फागुन । काठमाडौंबाट विराटनगर जाने तयारीमा रहेको निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको हवाईजहाजमा समस्या आएको छ ।

मंगलबार ११ बजे बिराटनगरका लागि उड्नु पर्ने श्रीएयरलाइन्सको बिमानमा समस्या देखा परेको छ । बिहान ११ बजे यात्रु काठमाडौंदेखि बिराटनगरसम्मका लागि उड्न लागेकोे बिमानमा एक्कासी प्राविधिक समस्या आउँदा बिमान रोकिएको हो ।

उडान भर्न तयारी अवस्थामा रहेको हवाईजहाजमा समस्या आएपछि यात्रुहरुको सुरक्षलाई ध्यानमा राखि अर्को बिमान बाट जाने व्यवस्था गरेको छ ।

कम्पनीले हाल दुईवटा ५० सीटे सीआरजे-२००, दुईवटा ७८ सीआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवा लगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै माउन्टेन फ्लाइट उडान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here