पर्वतारोहणमा कडाइ, यस्तो छ ११ बुँदे सूचना

काठमाडौं, २७ फागुन । सरकारले पर्वतारोहणमा कडाइ गर्ने भएको छ । पर्यटन विभागले पर्वतारोहण गतिविधिलाई व्यवस्थित गर्न ११ बुँदे सूचना जारी गरेसँगै बसन्त ऋतुमा हुने पर्वतारोहणमा कडाई हुने संकेत देखिएको हो ।

विभागकी निर्देशक मिरा आचार्यद्धारा जारी सूचना अनुसार अब कुनै पनि आरोहीले पर्वतारोहण अनुमति लिनु अगाडिका १४ दिनको यात्रा विवरण पेश गर्नु पर्नेछ ।

आरोहीहरु कोरोना प्रभावित मुलुक भएर आए नआएको थाहा भए सतर्कता अपनाउन सकिने भएकाले १४ दिने यात्रा विवरण मागिएको जनाईएको छ ।

सूचनामा पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य गतिविधि गर्ने भएमा पर्यटन विभागमा अनिवार्य जानकारी गराई स्वीकृति गर्नुपर्ने उल्लेख छ। आरोहण गर्दा लैजाने तथा प्रयोग गर्ने सामग्रीको सूची दुईप्रति विभागमा उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम अनुमतिपत्र जारी गर्ने समयमा पेश गर्नुपर्ने, आपत्कालीन उद्धार गरिएका पर्यटकलाई आधुनिक उपकरण भएका सुविधासम्पन्न अस्पतालहरुमा लैजाने व्यवस्था गर्नुपर्ने, डि–ब्रिफिङका समयमा सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलसम्बद्ध सम्पूर्ण विवरण पेश गर्नुपर्ने सूचना जारी गरिएको छ।

साथै आपतकालीन उद्दार गरिएका आरोहीलाई आधुनिक र सुविधा सम्पन्न आधुनिक उपकरण भएका अस्पतालमा लैजाने व्यवस्था मिलाउन विभागले निर्देशन दिएको छ ।

आरोहण अनुमति माग्दा बीमा गरेको कागज सम्बन्धित एजेन्सीले सुरक्षित राख्नुपर्ने, पर्वतारोहण जाने दलसम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरे पनि मात्रै अनुमतिपत्र जारी हुने, अनुमतिपत्र जारी भएको १५ दिनपछि मात्र प्रमाणपत्र जारी हुने सूचनामा उल्लेख रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here