ज्याक मा बने एशियाका धनी, बिनोद चौधरीको सम्पत्ति घट्यो

काठमाडौं, २८ फागुन । भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको नाम हटेको छ ।

अब एशियाका सबैभन्दा धनी व्यत्ति, चिनियाँ व्यवसायी अलिबाबा ग्रुप होल्डिङ्सका संस्थापक ज्याक मा बनेका छन् ।

विश्वमा देखिएको आर्थिक संकट र तेलमा आएको गिरावटका साथसाथै भारतमा देखिएको आर्थिक संकटका कारण मुकेशको यो पद हटेको हो ।

उनको सम्पत्ति सोमबार मात्र ५.८ अर्ब डलर घटेको बताइएको छ । यसपछि उनी एशियाका धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा आएका छन् ।

एशियाका सबैभन्दा धनी ज्याक माको सम्पत्ति चाहिँ ४४.५ अर्ब डलर रहको छ । यो मुकेशको सम्पत्तिभन्दा २.६ अर्ब डलर बढी हो ।

यसै कारण उनी दोस्रो स्थानमा झरेका छन् । यस्तै कोरोना भाइरसका कारण अलीबाबाले पनि मुश्किलको सामाना गर्नुपरेको छ तर हाल मोबाइल ऐप्समा बढी माग भएका कारण कम्पनीको प्रदर्शन सुखद रहेको छ ।

त्यस्तै नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरीको सम्पत्ति ३० करोड अमेरिकी डलरले घटेको छ ।

। विश्वका अर्बपतिहरुको सूचि तयार गर्ने फोर्ब्स म्यागेजिनका अनुसार अहिले चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

गतवर्ष फोर्ब्सले विश्वका अर्बपतिहरुको सूचि तयार पार्दा उनको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो ।

फोर्ब्सको रियल टाइम सूचि अनुसार चौधरीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा अहिले ३० करोड अमेरिकी डलरले घटेको हो । नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो रकम ३५ अर्ब ४० करोड नेपाली रुपैयाँ हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here